नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो । लोगोमा  बीपीदेखि शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ ।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ । कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्दैैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *