जेनजी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छाड्न ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जेनजी आन्दोलनका अपराधीलाई कारबाही किन नगरेको ? भन्दै प्रश्न गरेका छन् । मंगलबार (असोज ६) प्रतिनिधिसभा बैठकमा उनले जेनजी आन्दोलनका अपराधीलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको ? भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

“…अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि, पक्रिन सक्नु हुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ?,” उनले भने ।

अपराधी समाउन नसके कुर्सी छाड्न उनले आग्रह गरे । “जेनजी आन्दोलनमा जोजो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस्,” उनले भने ।

उनले भोटेकोसी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए । देशको स्रोत र साधनको पहुँच हुँदाहुँदै पनि उद्धारमा भएको सात दिनको ढिलाइले बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै उनले यसलाई राज्यद्वारा गरिएको ‘हत्या’ को संज्ञा दिए ।

सांसद शाहीले राज्यसँग खर्बौंको बजेट र सुरक्षा जनशक्ति भए पनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद भएको टिप्पणी गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *