काठमाडौं । श्रीलंकाका कप्तान तथा ब्याटिङ अलराउण्डर चरिथ असलंकाले विराटनगर किंग्सबाट तेस्रो संस्करणको नेपाल प्रिमितर लिग(एनपीएल) खेल्ने भएका छन् । विराटनगरले बिहीबार बेलुकी असलंकालाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
२९ वर्षीय असलंका सन् २०२१ देखी श्रीलंकाको राष्ट्रिय टोलीमा रहँदै आएका छन् । हाल उनले इंग्ल्याण्डविरुद्ध जारी टी-२० सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन् । श्रीलंकाबाट उनले ७७ टी-२० आईमा १ हजार ४ सय ६६ रन बनाएका छन् भने एकदिवसीयमा ८५ खेल खेल्दै २ हजार ७ सय ७९ रन बनाएका छन् ।
असलंकासँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) लगायत अन्य टी–२० फ्रेन्चाइज प्रतियोगिताको अनुभव रहेको छ ।
