पश्चिम एसियामा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान

तेहरान। इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्की र इराकका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए।

टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नु पर्नेमा जोड दिए।

क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उनीहरूबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, इराकका विदेशमन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम र जारी प्रक्रियाबारे छलफल गरेकाथिए।

दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै, क्षेत्रीय घटनाक्रममा जिम्मेवार दृष्टिकोण अपनाउँदै द्वन्द्व थप चर्किन र फैलिन नदिन संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *