प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल  १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ मौज्दात छ ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *