डेढ लाख घुससहित कर अधिकृत र कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत र कन्सल्टेन्सीका सञ्चालकलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई घुस रकमसहित पक्राउ गरेको हो ।

कर्णलाई जनकपुरधाम उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र ढकाललाई धनुषास्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

प्रवक्त रिसालका अनुसार उनीहरुले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै अतिरिक्त रकम लिएका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *