एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले ओमान विरुद्ध टस हारेको छ । क्वालालम्पुरमा हुने खेलमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपाल आज जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । आजको खेलले एकदिवसीय मान्यता पाउनेछ । नेपालले आफ्नो पछिल्लो चार एकदिवसीय खेलमा जित निकाल्न सकेको छैन । त्यसैले नेपाललाई आज खराब लयलाई अन्त्य गर्ने अवसरपनि रहेको छ ।

ओमानविरुद्ध भएको १० भेटमा नेपालले ओमानले ६ जित र नेपालले ४ जित निकालेको छ ।

आज नेपालक शेर मल्लले एकदिवसीयमा डेब्यु गर्दैछन् ।

नेपालको प्लेइङ  ११ :- आसिफ शेख, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह एरी, गुलसन झा, बासिर अहमद, करण केसी, सन्दीप लामिछाने(कप्तान), शेर मल्ल, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *