बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरलाई सुरक्षित बनाउन रास्वपा सचेतक धितालको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले भोटकोसी बाढी प्रभावित क्षेत्रका महिला र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा धितालले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरलाई सुरक्षित बनाउन माग गरेकी हुन् । उनले अपरिचित व्यक्तिसँग महिला र बालबालिकासँगै राख्दा उनीहरूको सुरक्षामा प्रश्न उठेको बताइन् ।

उनले भनिन्,‘भोटेकोसी उर्लिदा पाँच जिल्ला शोकमा छन् । चार हजार होल्डिङ सेन्टरमा आश्रित छन् । महिला र बालबालिकाको सुरक्षाको चुनौती बढेको छ । अपरिचित व्यक्तिसँग महिला र बालबालिकासँगै राख्दा उनीहरूको सुरक्षामा प्रश्न उठेको छ। उनीहरूको अस्मिताको सुरक्षाको प्रश्न छ । त्यसैले महिला र बालबालिकालाई असुरक्षा सिर्जना नगरौँ । जोखिम र हिंसाबाट बाहिर निकालौँ ।’ उनले महिला र बालबालिकालाई आफ्नै परिवारसँग राख्न आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *