च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा इन्टर मिलानलाई २-१ गोलले हराउँदै म्याड्रिडले च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे र फेडेरिको भाल्भेर्डेले समान एक/एक गोल गरे । इन्टर मिलानको लागि कार्लोस अगुस्टोले एक गोल फर्काए । खेलको १४ औँ मिनेटमा ब्राहिम डियाजको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२३ औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ७७ औँ मिनेटमा लौटारो मार्टिनेजको पासमा अगुस्टोले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल म्याड्रिड २-१ गोलले विजयी भएको हो ।

यस्तै गएरातिनै भएको अन्य खेलमा बोरुसिया डर्टमण्डले भिल्लारियललाई ३-२  गोलले हराउँदै म्यानचेस्टर सिटीले घरेलु टोली पोर्टोमाथि २-० गोलको जित निकाल्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *