मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो।

सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्।

उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएका छन्। साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ।

स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ। दोषी ठहरिएकामाथि कडा कारबाही गरिने प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *