चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंकामा उद्धार सुरु

काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंकामा उद्धार सुरु गरिएको छ ।

चिलिमेका सीईओ बाबुराजा महर्जनसहितको टोली यतिबेला उद्धारमा लागिपरेको छ । रास्वपा सांसद श्रीराम न्यौपानेले पनि सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।

उनले भने, ‘चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ। उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु ।’

भदौ १० गते भोटेकोसीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *