प्रधानमन्त्रीका विश्वासपात्र हत्या अभियोगमा पक्राउ

विराटनगर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र एक नेता हत्या अभियोगमा पक्राउ परेका छन् । मोरङको शनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रधानमन्त्री ओलीका विश्वासपात्र युवराज बास्कोटा पक्राउ परेका हुन् ।

पुस १४ गते मंगलबारेस्थित बास्कोटाको घरमा भण्डारी मृत फेला परेपछि मृतकका परिवारले पुस २६ गते बास्कोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

तर उनलाई त्यसबीचमा प्रहरीले पक्राउ गरेको थिएन । बरु बास्कोटालाई प्रधानमन्त्री ओलीले पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । बास्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । लामो समययता बास्कोटा भारत प्रवासमा बसेर ओलीको विश्वासपात्रका रुपमा काम गर्दै आएका थिए ।

उनको विश्वासपात्रका रुपमा काम गरेकै कारण शक्तिको आडमा बास्कोटा यति लामो समयसम्म पक्राउ पर्नबाट जोगिएका थिए । प्रवासमा रहँदा उनले लगाएको गुन प्रधानमन्त्रीले अहिले बास्कोटामाथि लगाएका थिए ।

तर जाहेरीको लामो समयपछि अदालतले पक्राउ पूर्जी जारी गरेसँगै उनलाई पक्राउ गर्न प्रहरी बाध्य भएको थियो । पक्राउ परेका नेता बँस्कोटालाई मोरङ अदालतमा म्याद थप गर्ने प्रहरीले जनाएको छ । बास्कोटा भारतीय दूतावास निकट रहेर काम गर्ने व्यक्तिका रुपमासमेत परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *