बेइजिङ । चीनले नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण पहिरोपछि नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
चीनको मौसम विज्ञान प्रशासनका प्रवक्ता वाङ यावेईले बुधबार पत्रकार सम्मेलनमा पहिरो गएलगत्तै नेपालका मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको जानकारी दिए।
उनका अनुसार चीनले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई आवश्यक मौसमसम्बन्धी सूचना र पूर्वानुमान उपलब्ध गराएर सहयोग गरिरहेको छ।
वाङले नेपालमा आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चीनले व्यापक मौसमसम्बन्धी सेवा उपलब्ध गराउने र नेपालसँगको अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने बताए।
