काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
आचार्यले विपद्का बेला आफ्नो परिवार र संस्थाका तर्फबाट समेत योगदान गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जानकारी दिएका हुन् ।
उनले विपद्को दुःख चाँडै टरोस् भन्दै प्रभावित नागरिक तथा विपद्को सामना गरिरहेका सबैमा धैर्य र साहस मिलोस् भन्ने कामना गरेका छन् ।
विपद्को यो घडीमा राजनीतिज्ञका रूपमा आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न इमान्दार प्रयास निरन्तर रहने आचार्यले बताएका छन्।
