एसिसी प्रिमियर कपः बहराइनविरुद्ध नेपाल टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत आज हुने खेलमा नेपालले बहराइनविरुद्ध टस जितेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बहराइनलाई पहिले ब्याटिङ को निम्तो दिएका हुन् ।

५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ  ।

नेपालको प्लेइङ ११ :- अर्जुन कुमाल, आसिफ शेख, इशान पाण्डे, देव खनाल, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने(कप्तान), हेमन्त धामी, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *