काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गरेकी छिन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो ।
व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका हुन् । सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट रु ८० हजार सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे । राणाले थप रु २५ लाख बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिइन् ।
