रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को फाइनलमा

काठमाडौँ । मिक्स मार्सल आर्ट्स (एमएमए)का नेपाली फाइटर रवीन्द्र ढाँटले एतिहासिक सफलता हात पारेका छन् ।

शुक्रबार चीनको साङ्घाईस्थित अक्टागनमा भएको रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै ढाँट फाइनलमा पुगेका हुन् ।

तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।

सबै तीन जजले उनलाई समान २९-२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् । ढाँटले अब र्यो ताजिमासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । उनले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गरेका थिए ।

अब यदि उनले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *