काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा हालै गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति सीले पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा घाइतेप्रति सहानुभूति व्यक्त गरेका छन् ।
यसैबीच राष्ट्रपति सीको अध्यक्षतामा शुक्रबार बसेको पार्टी नेतृत्वको बैठकको नेपालमा आपतकालीन सहायता पठाउने निर्णय गरेको छ । बुधबार नेपाल–तीब्बतको सीमानामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति पुगेको छ।
नेपालको पहिरोमा क्षतिप्रति चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश
