बाढी प्रभावित क्षेत्रको निरीक्षणका प्रधानमन्त्री प्रभावित क्षेत्रको भ्रमणमा

काठमाडौँ । प्रधानमन्त्री बालेन साह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री साह बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन्। उनीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका छन्।

आजको भ्रमणका क्रममा प्रधानमन्त्री साहले नुवाकोटको विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको अवस्था र भौतिक क्षतिको स्थलगत जानकारी लिनेछन्।

त्यस क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग तत्काल राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तीव्रता दिन र क्षतिग्रस्त पूर्वाधार पुनःसञ्चालनका लागि आवश्यक कदम चाल्ने विषयमा समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *