चीनले पूर्वसूचना नदिँदा नेपालमा ठूलो क्षति भएको हल्ला झुटो भएको चीनको दाबी

काठमाडौं । चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिँदा ठूलो मानवीय क्षति भएको भन्ने दाबी गलत रहेको जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले चीनको पक्षमा रहेको भूगर्भीय विपद्को बाँध भत्किएर नेपाली पक्षमा ठूलो क्षति भएको भन्ने दाबीसमेत गलत रहेको बताएको हो ।

घटनालाई लिएर आरोप–प्रत्यारोप गर्नुभन्दा विपद्को समयमा आपसी सहकार्य र समन्वयमार्फत उद्धार तथा राहतलाई प्रभावकारी बनाउनुपर्नेमा दूतावासले जोड दिएको छ । दूतावासले भनेको छ,‘आरोपले केही समाधान गर्दैन, सहकार्यले जीवन बचाउँछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *