रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनःस्थापनालगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको रास्वपाले जनाएको छ ।

बैठक बिहीबार बिहान ९ः०० बजे राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *