काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी नदीमा पुनः बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ ।
प्राधिकरणका अनुसार चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । त्यसकारण भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदी तथा नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नदीको जलस्तर तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ।
