नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र प्रभावित भएको छ ।
बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदी किनार तथा आसपासका बस्ती र संरचनामा जोखिम बढेको छ। स्थानीयवासीलाई नदी आसपासको क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
रसुवामा आएको भीषण बाढीको प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत देखिएको हो। बाढीका कारण नदीको जलस्तर बढेपछि नुवाकोटका नदी किनारका क्षेत्र प्रभावित भएका छन् ।
तस्बिरः रामहरि न्यौपाने/रासस




