आज नेपाल र अष्ट्रेलियन क्यापिटल टेरिटोरी भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल ‘ए’ले अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ । डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेट र दोस्रो खेलमा बंगालदेश हाइप्रफरमेन्स ११ सँग ९ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा होबर्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको थियो ।

यता अष्ट्रेलियन क्यापिटल टेरिटोरी भने शुरुवाती तीनवटै खेलमा पराजित भएको छ  । त्यसैले आज अष्ट्रेलियन क्यापिटल नेपाललाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

हाल नेपाल ३ खेलबाट २ अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ भने सबै तीन खेलमा पराजित अष्ट्रेलियन क्यापिटल अंकविहीन रहँदै नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *