स्याङ्जामा जिप दुर्घटना, दुई जनाको मृत्यु, चालकसहित १० घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

सोमबार साँझ करिब पौने ६ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेको पहिचान खुलको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *