रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माईक्रो बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा आइतबार बिहान ९ः३० बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *