पूर्वराजासँग धवलशम्शेर राणाको भेट

काठमाडौं । राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि पार्टी सभापति राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् ।, भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् राणाले भेटलाई फलदायी रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत ‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि पूर्वराजासँग फलदायी भेट भएको जानकारी दिएका हुन् । जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *