पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा शनिबार (भदौ ६) बिहान करिब ५ः३० बजे लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मनाङको नासोँ गाउँपालिका–३, खोत्रोमा शनिबार बिहान ३ बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध  दुवै सडक खुलाउने प्रयास जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *