सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकबाट भट्टले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका थिए ।

उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन् । विपक्षमा भने १५ मत परेको थियो । काङ्ग्रेसका १४ र राप्रपाको १ मत विपक्षमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *