कास्की । कास्कीको अन्नपूर्ण गाउंपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
शुक्रबार बिहान सवा आठ बजे उनीहरुको उद्धार गरिएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की बाट गएको रोप रेस्क्यु र गोताखोर सहितका सुरक्षाकर्मीले नेपाल प्रहरी सहितको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरेका हुन् ।
उद्धार गरिएकाहरुमा पोखरा महानगरपालिका– १८ सराङकोट बस्ने वर्ष २८ का प्रदीप ढकाल, सर्लाही जिल्ला घर भई कास्कीस्थित अन्नपूर्ण गाउंपालिका–८ मा रहेको बिरेठाटी माध्यमिक विद्ययालयका शिक्षक वर्ष ३० का रेवन्त प्रसाद सिंह, र मन्दिरका पुजारी वर्ष ५२ का निर्माण गिरी रहेका छन् ।
