केन्या । दक्षिण केन्यामा अझै रहस्यमय रोगको पछिल्लो सम्भावित शिकार भएको एउटा हात्ती जमिनमा ढलेर धुलो उडाउँदै उठ्ने व्यर्थ प्रयास गर्दै बिस्तारै थियो । उ निकै थकित देखिन्थ्यो ।
समस्यामा परेको हात्तीलाई देख्ने बित्तिकै चिन्तित पशु चिकित्सकहरूले ग्लुकोज (इन्जेक्सन) दिए । कारण अज्ञात भएकाले यही मात्र विकल्प थियो । ग्लुकोजको मात्रा दिँदासम्म ११ वर्षीय हात्ती ‘गेङ्गिस खान’लाई सास फेर्न गाह्रो भइरहेको थियो।
यो रहस्यमय रोगले जुनदेखि केन्यामा प्रायः पोथी वा युवा भाले हात्ती गरी कम्तीमा १९ हात्ती मारेको छ र सबै जनावरमा आंशिक पक्षघातलगायत समान लक्षण देखिएका छन्।
हात्तीका बथानले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोबाट देखिने अम्बोसेलीलाई लाभदायक पर्यटकीय केन्द्र बनाएको छ र यस क्षेत्रका हात्तीको रहस्यमय मृत्यु पर्यटनको ठूलो आम्दानीको स्रोत भएको देशमा संवेदनशील मुद्दा बनेको छ ।
ओल्गुलुलुइ सामुदायिक भूमिका सञ्चालन प्रमुख प्याट्रिक पापाटिटीले भने, “हात्ती सङ्क्रमित भएको करिब तीन दिनसम्म उसले बाँच्नका लागि सङ्घर्ष गरिरहेको पाउनुहुन्छ । जब उसले प्राणत्याग गर्छ तबमात्र उसले पीडाबाट मुक्ति पाउँछ ।” ओल्गुलुलुइ सामुदायिक जङ्गल क्षेत्रमा रहेको ‘किटेन्डेन बी आरिजर्भ’ मा गेङ्गिस खान फेला परेको थियो ।
जुलाईको अन्त्यमा केन्या वन्यजन्तु सेवा (केडब्ल्यूएस) ले विषाक्तता परीक्षण विज्ञान प्रतिवेदनमा जनावरका शवमा उच्च मात्रामा साइनाइड पाइएको बताएको थियो, जसले नजिकका खेतका बालीबाट आएको सम्भवतः कीटनाशक विषाक्तता आएका कारण उनीहरू विरामी परेको सुझाएको थियो।
