काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उनको घर र कार्यालयमा छापामारेको छ । श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो ।
पक्राउपछि प्रहरीले राति नै निवासमा पुगेर खानतलासी गरेको थियो भने आज बिहानै कार्यालयमा गएर छापामारेको हो । उनको कार्यालयबाट प्रहरीले मोबाइल र कम्प्युटर नियन्त्रणमा लिएको छ ।
