काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गरेका छन् । प्रचण्डले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन् ।
उनले भनेका छन्, ‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो । उहाँलाई तत्काल रिहाइको माग गर्दछु।’
पत्रकार श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो ।
