भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । बुधबार दिउँसो सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना जिपसहित भेरी नदीमा बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१, आपखोली बस्ने अन्दाजी २९ वर्षीय प्रेम बिक र अन्दाजी २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् ।

घाइते दुवै जनाको सल्ली सिटी अस्पताल, सल्लीबजार, सल्यानमा उपचार भइरहेको छ। बेपत्ता दुई जनाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *