संसदमा बहस कालो चश्माको होइन, कालो नजरमा हुनुपर्थ्योः सांसद यादव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने अन्य विषय भएपनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताए ।

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्कोतिर मोडिएको छ । दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’ उनले भने, ‘तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ ।’
उनले हटाउनुपर्ने ‘कालो चस्मा’ नभई मनमा बसेको विभेदकारी सोच भएको बताए ।

उनले भने,‘बिपी कोइरालो पनि कालो चस्मा लगाउनु हुन्थ्यो तर उहाँको सोच कालो थिएन । दृष्टिकोण साँघुरो थिएन । हटाउनु पर्ने त्यो कालो चस्मा होइन । मनमा बसेको त्यो कालो सोच हो । मधेसीमाथि हेर्ने कालो सोच छ । दलितमाथि हेर्ने कालो सोच छ । त्यो हटायो भने मात्र हाम्रो देश समृद्धिको दिशा तिर अगाडी बढ्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *