बेन्जिमाको गोलमा रियल म्याड्रिडको बराबरी

प्रज्जवल थापा । फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाले खेलको अन्तिम समयमा गोल गरेपछि म्याड्रिड डर्बी बराबरीमा सकिएको छ । गएराति वन्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोको लागि लुइस स्वारेजले एक गोल गर्दा रियलको लागि करिम बेन्जिमाले एक गोल गरे । खेलको १५ औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको म्याड्रिडको लागि ८८ औं मिनेटमा केसेमिरोको पासमा बेन्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई हारबाट जोगाए ।

बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । २५ खेलमा ५९ अङ्क जोडेको एथ्लेटिको शिर्ष स्थानमा यथावत छ भने २६ खेलमा ५४ अङक जोडेको रियल तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *