पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्य प्रदान गरेका छन्।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एक जना र प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा चार जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चार जना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा एक जना गरी जम्मा १० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

दर्ज्यानी चिन्हद्वारा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेल, प्राविधिक प्रहरी उपरीक्षकमा प्राविधिक अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना, अभयकुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षमा निशा चौधरी, सञ्जिव दाहाल, रमेशकुमार साह र अञ्जनराज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिनप्रसाद खत्री रहेका छन्।

आज दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवं शान्तिसुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धानलगायत प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गरे।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेलले प्रहरी सङ्गठनको गरिमा, प्रतिष्ठा र सङ्गठनप्रतिको विश्वासलाई उच्च बनाउनमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा वरिष्ठ प्रहरी अधिकृत र जवानहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *