ग्वार्को फ्लाइओभरको पर्खालमा बस ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् । कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित फ्लाइओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनापछि प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *