६ फरार प्रतिवादी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक/एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीबाट रू १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *