काठमाडौँ । बेलायतका राजकुमार विलियमले पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आइतबार जारी सन्देशमा राजकुमार विलियमले निर्मल पुर्जाको निधनको खबरले आफू अत्यन्त दुःखी भएको बताएका हुन्। उनले उक्त हिमपहिरोमा ज्यान गुमाएका अन्य आरोहीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
विलियमले निर्मल पुर्जाले पर्वतारोहणअघि बेलायती सशस्त्र सेनामा विशिष्ट सेवा दिएको स्मरण गर्दै उनी विश्वकै उत्कृष्ट पर्वतारोहीमध्ये एक भएको उल्लेख गरेका छन्।
उनले सन्देशमा भनेका छन्, ‘निर्मलले नेपाली पर्वतारोहीलाई विश्वमञ्चमा स्थापित गरे। असम्भवजस्तो देखिने लक्ष्य हासिल गर्ने उनको अदम्य साहस, विनम्रता र निस्वार्थ भावले उनलाई साँच्चिकै अद्वितीय बनायो।’
राजकुमार विलियमले अन्त्यमा निर्मल पुर्जाका परिवार तथा ब्रड पिकको हिमपहिरोमा ज्यान गुमाएका सबैका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
I was truly saddened to hear of the tragic death of Nirmal Purja and those who lost their lives in the avalanche on Broad Peak. Nims served with distinction in the British Armed Forces before becoming one of the world’s greatest mountaineers, putting Nepalese climbers on the map.…
— The Prince and Princess of Wales (@KensingtonRoyal) August 1, 2026
