नेपालीले अमेरिकी भिसा पाउन अब २० हजार डलर धरौटी राख्नुपर्ने

काठमाडौँ । अरिकाले पर्यटक तथा बिजनेश भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनुपर्ने रकम बढाएको छ । धरौटी रकमलाई बढाएर २० हजार डलर पुर्याएको हो ।

अमेरिकी सरकारको फेडरल रजिष्टरमा प्रकाशित पछिल्लो सूचनामा पर्यटक तथा बिजनेश भिसाका लागि २० हजार डलरसम्मको धरौटीलाई स्थायी रूपमा पूर्वसर्त बनाइएको हो । यो नियम आउँदो सोमबारबाट कार्यान्वयनमा आउने भनिएको छ । सन् २०२५ मा अमेरिकी सरकारले १५ हजार डलरसम्म धरौटी बुझाउनुपर्ने नियमलाई परीक्षण परियोजनाका रूपमा कार्यान्वयनमा ल्याएको थियो ।

उसले यसै वर्षको जनवरी २१ मा नेपाललाई पनि भीसा बन्ड नियम लागु हुने देशहरूको सूचीमा राखेको थियो । पछिल्लो नियम घोषणा गर्ने क्रममा अमेरिकी सरकारले भिसा बन्डको नमुना कार्यक्रमले उक्त नियमको पालना प्रभावकारी देखिएको उल्लेख गरेको छ ।

अहिलेको परीक्षणकलामा धरौटी बुझाउनुपर्ने सूचीमा रहेका देशहरू नयाँ नियम लागु हुँदा समेत उक्त सूचीमा नै रहने उल्लेख गरिएको छ । हाल उक्त धरौटी बुझाउनुपर्ने सूचीमा रहेका ५० देशबाट सन् २०२४ मा ४५,४८८ जना व्यक्तिहरू निर्धारित अवधिभन्दा बढी समय अमेरिकामा बसेको भन्दै नमुना कार्यक्रम लागु भएको पहिलो १० महिनामा त्यो सङ्ख्या ५० भन्दा कम रहेको उक्त घोषणामा जनाइएको छ।

त्यसबाहेक धरौटी बुझाउनुपर्ने नियम आएपछि भिसा जारी हुने दर पनि उल्लेख्य रूपमा घटेको बताइएको छ। अघिल्लो वर्षको १० महिनाको अवधिको तुलनामा परीक्षणका रूपमा नियम लागु भएको समयमा जुलाईसम्ममा भिसा जारी हुने दर ८३ प्रतिशतले घटेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *