भदौ २४ को टिओबी प्रायोजित अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन सक्दैनः बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन नसक्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत बास्कोटाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिनै सक्दैन । त्यो धतुरे झाडी फाँड्न त्यै जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ ? दृष्य, अदृष्य प्रायोजक को थिए ? दण्डहिनताको रक्षा स्वीकार्य छैन । नो ईफ, बट एण्ड अगेन । बोल सरकार एक फेर बोल !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *