प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गरेका छन् । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले बिहीबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेका हुन् ।

त्यस्तै राष्ट्रपति पौडेलले निर्वाचन आयोगको आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्ति गरेका छन् । उनीहरु तीनै जनालाई बुधबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *