काठमाडौँ । सुनसरीको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सिरहामा पनि कर्फ्युजारी गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, सिरहाले कर्फ्युआदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना प्रकाशित गरी बिहीबार दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि केही क्षेत्रमा कर्फ्युजारी गरिएको जनाएका छन्।

