आईजीपीमाथि आशिकाको आक्रोश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सीमा व्यवस्थापनका लागि पर्खाल वा काँडेतार लगाउने विषयमा सरकारले तत्काल निर्णय लिनुपर्ने बताएकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले प्रहरी महानिरीक्षकले नेपालमा रोहिङ्ग्या शरणार्थीको चुनौती रहेको जानकारी सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको घटनाले गम्भीर प्रश्न उठाएको बताइन् ।

उनले आईजीपीले सीमा र आन्तरिक सुरक्षाको जानकारी सार्वजनिक गरेर नेपाली समाजमा डर र आक्रोश पैदा गर्ने हो कि आन्तरिक रणनीतिले सुरक्षा प्रदान गर्ने हो ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘आईजीपीले सीमा र आन्तरिक सुरक्षाको जानकारी सार्वजनिक गरेर नेपाली समाजमा डर र आक्रोश पैदा गर्ने हो कि आन्तरिक रणनीतिले सुरक्षा प्रदान गर्ने हो ? अब खुला सिमाना के गर्ने हो भनेर सोच्ने बेला आइसकेको छ । नेपालको खुला सिमाना सुरक्षित बनाउन पर्खाल भए पर्खाल नभए काँडेतार लगाउन चारवटै सुरक्षा निकाय तत्काल परिचालन गर्न म जोडदार माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *