प्रधानमन्त्रीसँग सभामुखको भेट

काठमाडौं । प्रधानमन्त्री बालेन साहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्।

सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मङ्गलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा सभामुखले उनीहरूसँग छलफल गरेका थिए।

त्यसैगरी, मङ्गलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *