प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाई समितिको बुधबार बसेको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यस्तै आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम पनि सर्वसम्मत अनुमोदन भएको छ । दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ आज भएको थियो । समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *