कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार नेता श्रेष्ठको मंगलबार दिउँसो निधन भएको हो ।

उनी ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *