एमाले र नेकपाको सहमति विजय मल्लको नाटक ‘अन्तिम भोज’ जस्तैः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक ‘अन्तिम भोज’जस्तै भएको बताएका छन् । सामाजिक संजालमार्फत बास्कोटाले खास नेता बाहेक अरुले सुइँको समेत नपाउने गरी सहमति गरिएको भन्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए । खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ? ती सभाका केही सदस्य र खास नेताबाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो । हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन् । विजय मल्लको अन्तिम भोज नै त यो हैन होला ?अचम्म,लाग्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *