विकास निर्माणका काममा देखिएका कानुनी तथा प्रक्रियागत समस्या क्रमशः समाधान हुँदै जान्छन्ः मन्त्री लाम्साल

दोलखा । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको भन्दै ऐन संशोधनपछि अब विकासका आयोजनाहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।

आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको उल्लेख गर्दै अब विकास निर्माणका काममा देखिएका कानुनी तथा प्रक्रियागत समस्या क्रमशः समाधान हुने बताए ।

उनले संशोधित खरिद ऐनले विकास निर्माणका काममा देखिएका अधिकांश समस्या समाधान गर्ने दाबी गर्दै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राखिने चेतावनी दिए ।

उनले भने, ‘खरिद ऐनले अब अधिकांश समस्या समाधान गर्छ। विगतमा भएका कमजोरी सुधार गर्ने काम अब हाम्रो हो, काम नगर्नेलाई ब्ल्याकलिस्टमा राख्छौँ ।’

उनले सबै योजना एकै आर्थिक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएपनि आगामी पाँच वर्षभित्र विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले निरन्तर पहल गर्ने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *